आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ।

काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले स्कटल्यान्डविरुद्धको आफ्नो दोस्रो खेलमा अहिले टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको छ । स्कटल्यान्डस्थित ऐरमा अहिले भइरहेको सो प्रतियोगितामा नेपालले जारी खेलमा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ भने स्कटल्यान्ड आफ्नो पक्षमा लगातार दोस्रो जित हात पार्ने दाउमा छ ।

यसअघि यही साउन १३ गते बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालले सम्हालिएर खेल्दा पनि तीन रनले पराजित हुन पुगेको थियो । निर्धारित ५० ओभरको खेललाई वर्षाले अवरोध पुर्‍याएपछि खेल ३६ ओभरमा छोट्याइएको थियो । स्कटल्यान्डले दिएको २३६ रनको विजय लक्ष्यलाई पच्छ्याएको नेपाल निर्धारित ३६ ओभरमा ५ विकेट गुमाउँदै २३२ रनमा आउट हुन पुग्यो ।

आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् । जारी प्रतियोगितामा नेदरल्यान्डस् ४ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने हङ्कङ, केन्या, स्कटल्यान्ड, युएई र नामिबियाले समान दुई दुई अङ्क जोड्दै लिगको क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । त्यस्तै, नेपाल सातौँ स्थानमा छ भने पपुवा न्युगिनी आठौँ स्थानमा छ । दुवै टोली अङ्कविहीन छन् । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा नेपाल उक्त प्रतियोगिताका लागि छानिएको हो । त्यतिबेला नेपाल चौथो स्थानमा रहेको थियो । नेदरल्यान्ड पहिलो, नामिबिया दोस्रो र केन्या तेस्रो भएका थिए । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेट किपर), अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।
(No Comments)     August 10, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::