उपत्यकामा बाँच्न मात्रै महिनाको १७ हजार

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वाषिर्क ४१ हजार रुपैयाँ कमाउनैपर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुका लागि गरिबीको रेखा ४० हजार नौ सय ३३ रुपैयाँलाई मानिसएको छ । तथ्यांकअनुसार समान्य जीवनयापन गर्न काठमाडौंमा प्रत्येक दिन एक व्यक्तिको एक सय १२ रुपैयाँ खर्च हुने नयाँ पत्रिकामा खबर छ । तथ्यांकअनुसार काठमाडौंमा खाद्य सामग्रीअन्तर्गत एक व्यक्तिले एक वर्षमा १४ हजार ६ सय ९५ रुपैयाँ खर्च गर्छ । यस आधारमा एक व्यक्तिले प्रतिदिन ४०.२६ रुपैयाँ खर्च गर्छ । प्रतिमहिना भने एक हजार दुई सय सात रुपैयाँ खर्च गर्छ ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::