खोटाङमा आवास अनुदान सम्झौता सुरु

खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको छ । भूकम्प गएको करिब दुई वर्षपछि क्षतिग्रस्त आवास निर्माणका लागि रुपाकोट मझुवागढी नगरपालिकाबाट सम्झौता गर्न सुरु गरिएको हो । स्थानीय विकास अधिकारी राजनकुमार बिसीका अनुसार मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरिने छ। रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी बिसीले लाभग्राही तोरण बजियमसँग पहिलो आवास अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् । भूकम्पीय आवास पुनःनिर्माणका लागि जिल्लाका साविक गाविसका सात हजार ४०३ लाभग्राही पहिचान भएलगत्तै आवास अनुदानको काम अघि बढाइएको छ । अन्य साविक गाविसको लाभग्राहीको सूची आउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङलाई रु १३ करोड रकम प्राप्त भएको बिसीको जानकारी दिए । सम्झौतालगत्तै आवश्यक कागजात पेस गर्ने लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, डिपिसीको काम सकिएपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार र छानो हाल्ने बेलामा तेस्रो किस्ताबापत रु ७५ हजार तथा शौचालय निर्माणपछि रु २५ हजार रकम खातामै उपलब्ध गराइने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ९सिएलपिआइयु०का इन्जिनियर उदयनारायण ठाकुरले बताए। जिल्लामा अहिलेसम्म लाभग्राहीको सङ्ख्या यकिन भइनसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ ।
(No Comments)     April 12, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::