घुससहित भूमि सुधार कार्यालयका नासु पक्राउ

भूमि सुधार कार्यालय बाराका नायब सुब्बा विश्वनाथ यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाको टोलीले बुधबार दिउसो घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले नासु यादवलाई १५ हजार घुस रकमसहित कलैयास्थित भूमिसुधार कार्यालयबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता नरेन्द्र भट्टराईका अनुसार मोही कट्टा गर्नका लागि एक जना सेवाग्राहीसँग नासु यादवले १५ हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरीएको हो। पक्राउ परेको यादवलाई आयोगको क्षेत्रीय कार्यालय हेटौँडामा ल्याएर घुस लिएको बारेमा थप अनुसन्धान शुरु गरिएको प्रवक्ता भट्टराईले बताए।
(No Comments)     March 30, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::