घुस लिएको आरोपमा नापी सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ गरेको छ । २२ हजार पाँच सय रुपैयाँ घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए। श्रेष्ठले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि एक हप्तादेखिको निगरानी पछि श्रेष्ठलाई पक्राउ गरिएको बताइएको छ। सरकारले भूकम्पपीडितलाई दिएको जग्गाको बाटो छुट्याईदिएबापत श्रेष्ठले पैसा नदिएसम्म नछुट्याई दिने बताएपछि सेवाग्राहीले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा छानबिन गर्दा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ। श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दिइने छ। श्रेष्ठलाई आयोगको टोलीले बर्दिवास लगेको छ।    
(No Comments)     April 1, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::