चन्द्रागिरीको मेयरमा कांग्रेसका नेता हिरावहादुर प्रधानको दावी

काठमाडौं - चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कँग्रेसका युवा नेता हिरावहादुर प्रधानले दावी गरेका छन् । उनले काँग्रेसले आफुलाई मेयरको टिकट दिने र निर्वाचित समेत हुने विश्वास व्यक्त गरेका छन् । यहाँ काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका विच चुनावी प्रतिश्पर्धा हुने देखिएको छ । २०३६ सालवाट काँग्रेसको विद्यार्थी राजनीतिमा होमिएका प्रधान विद्धान राजनीतिज्ञका रुपमा चिनिन्छन् । उनले नगरपालिकाको मेयरमा आफुलाई उभ्याए पछि अरु राजनितिक दललाई समस्या परेको छ । उनि यस क्षेत्रका प्रख्यात र पुराना नेताका रुपमा परिचित छन् । २०३६ सालवाट विभिन्न राजनीतिक घटना र परिवर्तनमा सक्रिय सहभागिता राख्दै आएका प्रधानले ०४९ सालमा नेकाको इकाइ सभापति हुदैं एघारौ महाधिबेशनमा क्षेत्र नम्वर ६ को क्षेत्रिय उपाधयक्ष समेत भएका थिए । २०६२÷०६३ को जनआन्दोलनमा सहभागि रहेका उनी नेपाल लोकतान्त्रिक सत्यग्रही योद्धा संघ नेपालको संयोजक समेत रहेका छन् । लामो समयपछि हुन लागेको स्थानिय निकायको चुनावले हौसला प्रदान गरेको भन्दै उनले चन्द्रागिरी नगरपालिकाको शिक्षा, स्वास्थ्य तथा विकासका लागि अग्रसर हुने भन्दै उम्मेदवारी प्रस्तुत गरेको वताए । ‘म चन्द्रागिरीको समग्र विकासका लागि मेयरको रुपमा उम्मेदवारी दिने तय गरेको छु’, उनले भने, ‘धार्मिक, सास्कृतीक तथा पर्यटकीय नगर चन्द्रागिरीको विकास, प्रविधिको विकासमा आफुलाई केन्द्रित गर्ने छु ।’ उनले अहिले पनि आफु सामाजिक काममा संलग्न रहेको भन्दै त्यस क्षेत्रमा विगतमा भूकम्पमा परेका मानिसको पुर्नस्थापना, पीडितलाई राहत र त्यस क्षेत्रमा वाटो विस्तार लगायतका पक्षमा काम गरिरहेको वताए । बाटो विस्तारका क्रममा मुआव्जा नपाएका स्थानियलाई मुआव्जा दिलाउन आफु तत्पर रहेको उनको भनाइ छ । यस्तै, सो नगरको ११ नम्वर वडामा युवा नेता राजेन्द्र महर्जनले वडाअध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् । स्थानिय युवा क्लव मार्फत सामाजिक तथा विकासका काममा लागि रहेका महर्जनले सवैको साझा उम्मेदवार समेत हुने वताइरहेका छन् । अन्य दलका युवाले समेत आफुलाई मत दिने भएकाले जित निश्चित रहेको उनको दावी छ । अव पुरानो पुस्ता नभएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने भन्दै उनले दावी गरेको बताए । ‘म यो वडामा विकासका साथै, प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसायीक कृषि, वातावरण र पर्यटन क्षेत्रमा काम गरिरहेको छु’, महर्जनले भने, ‘यी मेरा कामले पनि मत पाउने आश गरेको छु । त्यस क्षेत्रमा खानेपाली, कृषि प्रवद्र्धन, खेलकुदको समग्र विकासमा आफ्नो योगदान हुने भन्दै उनले दावी प्रस्तुत गरेको वताए । २० पुरानो पुस्ता, त्योभन्दा पुरानो र नयाँ पुस्तावीच चुनावी दौड रहेकाले चुनौती भने रहेको महर्जन वताउँछन् । संविधानसभा निर्वाचनमा सक्रिय सहभागिता जनाएको र त्यस क्षेत्रको विकासमा आफु कटिवद्ध रहेकाले जीत्ने उनको भानइ छ ।
(No Comments)     April 27, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::