चार रोपनी जग्गादान

पाल्पाको रामपुर नगरपालिका–६ विजयपुरमा स्थित शिवालय मन्दिरका लागि चार रोपनी जग्गादान प्राप्त भएको छ । विजयपुर निवासी आचार्य परिवारले चार रोपनी सात आना बराबरको जग्गा मन्दिरलाई हस्तान्तरण गरेको हो । यहाँका ज्ञाननाथ आचार्य, दुर्गाप्रसाद आचार्य, यज्ञप्रसाद आचार्य, कमलप्रसाद आचार्य र शङ्करप्रसाद आचार्यको परिवारले जग्गा मन्दिरका लागि सहयोग गरेको छ । मन्दिरको स्तरोन्नति, सभाहल निर्माण, मन्दिरको नियमित आम्दानी विवरण सटरसहितको नयाँ पक्की भवन निर्माणका लागि समुदायको स्वामित्व रहने गरी मन्दिरलाई जग्गा हस्तान्तरण गरिएको आचार्य परिवारका यज्ञप्रसाद आचार्यले बताए । मन्दिरमा आचार्य परिवारले परापूर्वकालदेखि नै नित्य पूजापाठ गर्दै आइरहेका थिए । अब भने समुदायको स्वामित्वमा रहने गरी मन्दिरसहितको जग्गा हस्तान्तरण गरिएको हो ।
(No Comments)     March 28, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::