नहर निर्माण, ६५० हेक्टर जमिन सिञ्चित हुने

नवलपरासीको देवचुली नगरपालिकामा रु आठ करोड ६६ लाख कुल लागतमा टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । विश्व बैंकको करिब रु आठ करोड ६६ लाख कुल लागत तथा जनसहभागीतामा नहर निर्माण कार्य पूरा भएको हो । नहर निर्माण सम्पन्न भएपछि यहाँको ६५० हेक्टर जमिन सिञ्चित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताए। यसबाट यहाँका महिला कृषि उत्पादनमा पनि लागेका छन् । नहर नहुँदा यहाँका स्थानीयको खेतीयोग्य जमिन हिउँदमा बाँझै हुने गरेको थियो । ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिँचाइको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुने भन्दै स्थानीय हर्षित बनेका छन् । नहरअन्तर्गत देवचुली–६ मा कृषि पाठशाला सञ्चालन गरिएको छ । जिल्लामै गण्डक नहरपछिको दोस्रो ठूलो टोक्रे नहरको निर्माण आयोजनाको कार्य पूरा भएको सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासीका प्रमुख चूडाराज ढकालले बताए। यस नहरबाट देवचुली नगरपालिकाका उत्तर भेगका मुण्डे, विशालटार, रामबास, तीनघरे, मुढाबास, आँपटारीका स्थानीयले सिँचाइको सुविधा पाउनेछन् । वर्षायाममा उक्त नहरमा अनेकौँ समस्या निम्तिने गरेकाले २०७१ सालदेखि पुनः उक्त नहरलाई व्यवस्थित बनाउन थालिएको थियो ।
(No Comments)     March 23, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::