नेपाली चलचित्र ‘कुमारी आमा’ बन्ने 

    काठमाडौं- चेतनामुलक सन्देश दिने नेपाली चलचित्र 'कुमारी आमा'  निर्माण हुने भएको छ । लोकतान्त्रिक पत्रकार मञ्चले निर्माण गर्न लागेको यो चलचित्रमा अशिक्षा र गरिवीका कारण नेपाली समाजमा मौलाउँदै गएको विदेशीने मोह र अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार माथि यथार्थ चित्रण गरीने छ । यो चलचित्रमा गाँउबाट अध्ययनका लागि राजधानी र मुलुकका विभिन्न शहरमा पुग्ने गरेका गाउँले परिवेशका युवती राम्रो पैसा र सुखसयलमा रम्ने मोहमा डान्सबार हँुदै युरोप र अमेरिका पुग्ने सपनामा अवैद्य रुपमा खाडीसम्म पुग्ने गरेको कथा समावेश गरिएको छ । युरोप पुगेर राम्रो पैसा कमाउने र गरिवीले पिल्सिएको परिवारमा खुसी फर्काउने मनोकांक्षा बोकेका युवती थाहै नपाई दलालको फन्दामा परेर विदेशीभूमिमा अवैद्य गर्भवती हुने गरेको यथार्थ चित्र यो चलचित्रमा उतारिने भएको छ । कोरियाली नागरिकसँग विवाह गरेर त्यहाँ पुगेका र युरोप, अमेरिकाको सपनामै अफ्रिकी मुलुकका डान्सवारमा पुर्याईएका युवतीको कहालिलाग्दो र कठीन जीवन भोगाई पनि यो चलचित्रमा कथाका रुपमा समावेश गरिएको चलचित्र निर्माण संस्थाका महासचिव कुमार ओझाले जानकारी दिए । विशुद्ध चेलीवेटी वेचविखान र त्यसले नेपाली समाजमा वढ्दै गएको विकृतीलाई चलचित्रमा उतारिएको निमार्ण पक्षको दावी  छ । यो चलचित्र नेपाल, भारत, खाडीका मुलुकका साथै कोरिया, अमेरिका, क्यानाडा लगायत युरोपियन मुलकहरुमा छायाँकंन हुने निमार्ण पक्षले जनाएको छ । चलचित्रमा नेपालका ख्याती प्राप्त कलाकारहरुको अभिनय रहने यो चलचित्रमा केही नयाँ कलाकारहरुको छनोट धमाधम भैरहेको ओझाले जानकारी दिए ।
(No Comments)     May 21, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::