प्रचण्डले भने- नआत्तिनोस्, ६ प्रदेशको सीमांकन परिमार्जन हुन्छ

पत्रकार महासंघको टोलीसँग कुरा गर्दै प्रचण्डले सीमांकनबारे आएका असन्तुष्टिहरुलाई सम्वोधन गर्ने र संविधानको अन्तिम मस्यौदा आउँदा सच्याएर आउने बताए । महासंघको टोलीसँग एमाओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा प्रचण्डले मस्यौदा संशोधनको पर्याप्त समय भएकाले अहिले नै कोही पनि आत्तिन नहुने बताए । उनले भने, ‘हामीसँग संविधानको मस्यौदा सच्याउन अझै समय बाँकी छ, त्यसैले अहिले कोही पनि भड्काउमा नलागौं । भ्रममा नपरौं ।’ प्रचण्डले आ-आफ्ना सुझाव र असन्तुष्टि पार्टीको च्यानल मार्फत् पठाउन सबैलाई सुझावसमेत दिए । सचेत हुन आग्रह अहिले जनतालाई भड्काएर फाइदा लिने समूह सक्रिय रहेको भन्दै सबै सचेत हुनुपर्ने प्रचण्डले बताए । अहिले परिस्थिति संवेदनशील भएकाले सबै संयमित हुनुपर्ने र पत्रकारहरुले पनि अराजकतालाई फाइदा नपुग्ने गरी समाचार दिनुपर्ने प्रचण्डको धारणा छ । उनले भने, ‘जनताको भावनालाई भड्काएर फाइदा लिने कोशिस भैरहेका छन्, यस्तो बेला हामी सबै सचेत हुनुपर्छ, आफ्नो पार्टीको च्यानल मार्फत् असन्तुष्टि र सुझाव राखौं ।’ भेटमा पत्रकार महासंघको टोलीले संविधानमा भएका प्रतिबन्धात्मक वाक्यांश हटाउन माग गरेको थियो । प्रचण्डले संविधान जारी हुँदा मागको उचित सम्वोधन हुने बताएका थिए ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::