बालबालिकाको यौन भिडियो बनाउने प्रहरीकै काम : वकिल

लाहोर : पाकिस्तानमा साना नानीहरुलाई जवर्जस्ती नियन्त्रणमा लिएर यौन दुव्र्यवहार गरी भिडियो बनाउने काममा पाकिस्तानको प्रहरीकै हात रहेको सो घटनाको अध्ययन गरिरहेका एकजना वकिलले जानकारी दिएका छन् ।
उहाँले उक्त घटनाका दोषीको पहिचान भइसकेको र उनीहरुलाई बचाउन प्रहरी आफै लागेकाले यस्तो घटनामा प्रहरीकै हात रहको खुलेको उनले बताए।  पाकिस्तानको राजधानीमा नै भएको सो घटनामा करिब २८० जना बालिकालाई दुव्र्यवहार गरेको खुलेको छ ।
यसमा २५ जनाको एक समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको लातिभ अहमद सहाराले सो जानकारी दिए । ती व्यक्तिले राजधानी र केही ग्रामीण क्षेत्रका बालिकालाई यस काममा बलजफ्ती लगाएका थिए । उनीहरुले ती नानीहरुलाई प्रयोगगरी सयौँ भिडियो बनाएका र सोही देखाएर उनीहरुका अभिभावकसँग पैसाका लागि मोल मोलाई गरेका थिए ।
पाकिस्तानको पञ्जाव प्रान्तका मुख्यमन्त्री साहबाज शरिफले सो घटनाको अनुसन्धानका लागि एक स्वतन्त्र आयोगको गठन गरिएको र दोषीमाथि कारबाही गरिने जानकारी दिए । सबैभन्दा बढी सिकार बन्न पुगेको क्षेत्र पञ्जाव प्रान्तको हुसेन खानवाला क्षेत्र हो ।सो क्षेत्रमा पाकिस्तानको प्रमुख सत्तारुढ दल पाकिस्तान मुस्लिम लिगको मुख्य वर्चस्व रहेकोले यस घटनाको अनुसन्धानमा पनि राजनीतिकरण हुनसक्ने बताइएको छ ।
तर प्रधानमन्त्री नवाज शरिफले भने यस घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सार्वजनिक रुपमै आदेश दिएका छन् । सो गाउँबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।उनीहरुमाथि पनि कडा कारबाही गरेको छैन । सो गाउँमा अरुपनि शङ्कास्पद व्यक्ति रहेका आफन्तले भनेका छन् तरपनि प्रहरीले भने कुनै कारबाहीमा चासो देखाएको छैन ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::