बालविवाह नगरिदिन बुबालाई चिठी

२६ साउन, बारा । अभिभावकको दबाबमा सानो उमेरमै हुने विवाहविरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुबालाई  चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् । किशोर-किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बारारले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणीय बन्न चाहेको बताउँदै बुबालाई सम्बोधन गरेर चिठी लेखेको अन्नपूर्ण पोस्टमा खबर छ । लिपनीमाल गाविसमा सञ्चालित, १० वटा संवाद केन्द्रमध्इे सिर्जना किशोरी संवाद केन्द्रका १३ देखि १९ वर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिक समस्या उल्लेख गर्दै आफ्नो भविष्य यजाड नबनाउन अभिभावकलाई चिठीमार्फत आग्रह गरेका छन् । चिठीमा उनिहरुले आफू पढेर प्रहरी, नर्स, शिक्षिका र समाजसेवी बन्ने लक्ष्य रहेको पनि बताएका छन् ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::