मालपोत र नापी कार्यालय खारेज

काठमाडौं -बैशाख ३१ गते स्थानीय तहको चुनाव भएपछि जिल्ला विकास समिति औपचारिकरुपमै विघटन हुनेछ भने जिल्लामा रहेका करिब ३४ बढी सरकारी कार्यालयहरुको अधिकार अब नगरपालिका र गाउँपालिकामा सर्नेछ । जिल्ला स्थित नापी र मालपोत कार्यालय पनि खारेज हुने भएका छन् । जिल्लामा करिब ७ वटामात्रै सरकारी कार्यालयहरु रहनेछन् । खासगरी नागरिकता, मालपोल लगायतले गर्ने काम कहाँबाट हुन्छ भन्ने जनतामा चासो छ । सरकारले यसबारे गृहकार्य गरिरहेको र स्थानीय चुनाव हुनेबेलासम्म निर्णय गरिसक्ने बताएको छ । जिल्ला कार्यालयहरु खारेज भइसकेपछि तिनले गर्ने काम र प्रयोग गर्ने अधिकार अब सिधै स्थानीय तहले प्रयोग गर्ने छन् । मालपोत र नापीले गर्ने काम र प्रयोग गर्ने अधिकार स्थानीय तहले प्रयोग गर्नेछन् ।
(No Comments)     April 9, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::