माली हमलामा नेपाली पाइलटको निधन

२६ साउन, काठमाडौं । अफ्रिकी मुलुक मालीको राजधानी बामाको नजिकै मोप्ती शहरको एउटा होटलमा बन्दुकधारीहरुले गरेको आक्रमणमा परी एक नेपाली हेलिकोप्टर पाइलटको मृत्यु भएको छ । तीन दिनअघि सो घटनामा परी अफ्रिकन एयरलाइन्सको हेलिकोप्टर उडाउँदै आएका काठमाडौंका राजु भण्डारीको मृत्यु भएको मालीस्थित राष्ट्र संघको मिसनमा काम गर्दै आएका एक नेपालीले जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ । राष्ट्र संघका लागि हेलिकोप्टर उडाउँदै आएका भण्डारी काम सकेर होटलमा बसी रहेको बेला बन्धुकधारीको आक्रमणमा परी निधन भएको ती नेपालीले जानकारी दिए । राष्ट्र संघका लागि कार्यरत ती पाइलटलगायत बन्दुकधारीको आक्रमणमा परी अन्य पाँच जना रुसी नागरिकको समेत मृत्यु भएको बताइएको छ ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::