सिँचाइ योजना प्रभावित

बजेट अभावका कारण लमजुङमा सिँचाइ योजना प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानबाट २ सयभन्दा बढी योजनाका लागि निवेदन परेको सिँचाइ डिभिजन कार्यालयका लमजुङका डिभिजन प्रमुख बंशिहरी कोइरालाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा ४१ ओटा मात्रै सिँचाइ योजना सञ्चालनमा थिए । जिल्लामा ४१ ओटा योजनाका लागि मात्र बजेट स्वीकृत भएको उनले जानकारी दिए । कोइरालाका अनुसार योजना सञ्चालनका लागि शुरूमा साढे ५ करोडमात्रै आएको र पछि साढे ६ करोड बजेट थप भएको हो । ठूला सिँचाइ योजनामध्ये ३ करोड ५० लाख रुपैयाँको राइनासटार सिँचाइ योजना, ३ करोड रुपैयाँको करापुटार सिँचाइ योजन र ३ करोड रुपैयाँकै भोर्लेटार सिँचाइ योजनाको काम शुरू भइसकेको डिभिजन कार्यालयले जानकारी दिएको छ । उनका अनुसार नयाँ प्रविधिमा १३ ओटा सिँचाइ योजना छन् भने ११ ओटा सिँचाइ योजना मर्मतका लागि ५९ लाख बजेट आएको छ । उनका अनुसार नयाँ प्रविधिमा १३ ओटा सिँचाइ योजना छन् भने ११ ओटा सिँचाइ योजना मर्मतका लागि ५९ लाख बजेट आएको छ । कार्यालयका अनुसार अझै नौओटा योजना सर्भे गर्न बाँकी रहेको छ । विभागमा बजेट माग गरे पनि बजेट नआएका कारण काम रोकिएको हो । कार्यलयले आगामी आर्थिक वर्षका लागि १६ करोड बजेट प्रस्ताव गरेको छ भने मर्मतका योजना यसै आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखेको छ ।
(No Comments)     March 26, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::