सिमेन्टको मुल्य घट्ने

सिमेन्ट उत्पादकहरुले वृद्धि गरेको सिनेन्टको मुल्य घट्ने भएको छ । नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्राी नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएको कारणले गर्दा यस समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई अनुरोध गरेपछि उद्योगीबाट मुल्य पुनर्विचार गर्न सहमती भएको हो । अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैंयासम्म मूल्य वृद्धि गरेको जानकारी पाए पछि गत विहीवार उद्योग मन्त्री नवीन्द्राज जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा डाकी मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । छलफलका क्रममा नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको मन्त्री जोशीले बताए ।
(No Comments)     April 10, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::