
मेक्सिको र अमेरिकी सीमामा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिमेण्ट बेच्न फ्रान्सेली–स्वीस कम्पनी लाफार्ज होलिसिम तयार रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले एक अन्तरवार्तामा यस्तो जानकारी दिएका हुन् । सो पर्खाल बनाउन अर्बौं डलर खर्च लाग्ने अनुमान गरिएको छ । ट्रम्पको उक्त योजनाको विश्वभरबाट आलोचना भइरहेको छ ।
अमेरिकामा हरेक खालको पूर्वाधार परियोजनाका लागि सामग्री उपलब्ध गराउन हामी तयार छौं,’ एएप्mपीसँगको वार्तामा लाफार्ज होलिसिमका सीईओ इरिक ओल्सेनले भने । सो निर्णयबाट कम्पनीको प्रतिष्ठामा पर्ने असरबारे सोधिएका प्रश्नमा भने उनले कम्पनी कुनै राजनीतिक संस्था नभएको र आफ्नो उद्देश्य ग्राहकलाई आवश्यक सामग्री उपलब्ध गराउनु मात्रै भएको बताए । अमेरिकी सरकारले गत महीना पर्खाल परियोजनामा सहभागी हुन इच्छुक कम्पनीको प्रारम्भिक सूची जारी गरेको थियो ।
सूचीमा करीब ६ सय कम्पनीको नाम संलग्न थियो । त्यसमा लाफार्ज पनि एक थियो । सन् २०१३ र २०१४ मा सिरियामा भएको कम्पनीको सिमेण्ट कारखानालाई सक्रिय राख्न लाफार्जले त्यहाँका सशस्त्र समूहलाई अप्रत्यक्ष रूपमा लगानी दिएको बारेमा समेत उनले कही पनि बताएनन् । उता, आइरिस सिमेण्ट उत्पादक कम्पनी सीआरएचले भने सो परियोजनाका लागि सामग्री उपलब्ध नगर्ने घोषणा गरेको छ