स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ।आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत

आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ५ विकेट गुमाउँदै २३२ रनमा समेटिएको थियो। नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ९७ रनको पारी खेले। ९० बल खेलेका मण्डलले ९ चौका र १ छक्कासहित सतक बनाउनबाट ३ रनले चुकेका थिए। यस्तै कप्तान पारस खड्काले ७८ रन बनाए। ५७ बल खेलेका खड्काले २ छक्का र ५ चौका प्रहार गरेका छन्। यस्तै ओपनर महेश क्षेत्रीले २१ रन बनाए। ३९ बल खेलेका क्षेत्रीले १ चौका प्रहार गरेका थिए। यस्तै क्षेत्रीको ठाउँमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए। उनले २४ बल खेल्दै २ चौका प्रहार गरे। यस्तै सरद भेसवाकर शून्यमा रन आउट भए। यसअघि स्कटल्याण्डस्थित एलोवेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। स्कटल्याण्डका लागि कप्तान प्रेष्टन मोमसेनले ६२ बलमा ७८ रन बनाउँदै बिस्फोटक ब्याटिङ गरेका थिए। सोमपाल कामीको बलमा बोल्ड हुनुअघि उनले ४ छक्का र पाँच चौका प्रहार गरेका थिए। यस्तै कोन्डे लेङ्गेले नटआउट ५५ रन बनाए। उनले ४१ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे। काइले कोत्जेरले ४१ रन बनाए। बसन्त रेग्मीको बलमा विकेट किपर महेश क्षेत्रीबाट समातिनु अघि उनले ६० बल खेल्दै ५ चौका प्रहार गरेका थिए। म्याथ्यु क्रस २० र जर्ज मुन्सी १९ रनमा आउट भए। नेपालका लागि बसन्त रेग्मी र पारस खड्काले २-२ तथा करन केसी र सोमपाल कामीले १-१ विकेट लिए। वर्षाले खेल रोकिएपछि निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी खेल सुरू भएको थियो।
(No Comments)     August 10, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::