हावाहुरीले रुख ढल्दा ताप्लेजुङ कारागारमा क्षति

२६ साउन, ताप्लेजुङ । ताप्लेजुङमा सोमबार राति आएको हावाहुरीले ताप्लेजुङमा तीन घरमा क्षति पुर्‍याएको छ । चारवटा रुख ढलेर जिल्ला कारागार भित्रका तीनवटा टहरा भत्काउनुका साथै कारागारको पुर्वपटिको पर्खाल भत्काएको छ । जिल्ला कारागारभित्र कैदी बस्ने घर र किचन रुखले किचिएका छन् । ६० कैदी र ४२ थुनुवा भने सुरक्षित छन् । बिहानैदेखि रुख हटाउने र मर्मतको काम सुरु गरिएको छ । क्षति भएका भवनलाई दिनभर मर्मत गरेर साँझ सम्ममा बस्नका लागि अनुकुल बनाइने प्रमूख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । यता ताप्लेजुङ नगरापालिका-५ का हरि गुरुङ र वडा नं. ६ का कमल पोख्ररेलको घर रुखले किचेको छ । घरमा बस्न नहुनेगरी छानोमा रुख बजारिएको छ । ताप्लेजुङ नगरपालिका-४ का सूर्य गुरुङको घरको टिनको छानो उडाएको छ । हुरीले उडाएको घरको छानो छाएको जस्ता पाता यत्रतत्र छरिएका छन् । यस्तै पाथिभरा बहुमुखि क्याम्पसको चमेना गृह समेत हावाहुरीले उडाएर पुर्णरुपमा क्षतिग्रस्त बनाउको छ । सदरमुकामदेखि सुकेटार सडकखण्डका विभिन्न भागमा रुख ढलेर बाटो अबरुद्ध भएको छ । हावाहुरीले जिल्लाका विभिन्न गाविसमा स्थानीय कृषकले लगाएको मकै लगायतको अन्न बालिमा समेत ठुलो क्षति पुर्‍याएको छ भने सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको ईन्भाटरमा क्षति पुगेको छ भने पोसहरु ढल्दा करीव ५० हजार बराबरको क्षति भएको ससस्त्र प्रहरी प्रमुख सुदिर सुबेदिले जानकारी दिए ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::