१५ घर जलेर नष्ट

लसुनसरी बराह नगरपालिका वडा नं. ९ मा अचनाक ४.३० बजेदेखि सुरु भएको आगलागीबाट ११ परिवारको घरसँगै खाद्यन्न, ताकपडालगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। बराह नगरपालिका वडा नं. ९ का जयराम कविरथ, सीताराम कविरथ, शिवन कविरथ, लोचन कविरथ पारुलाल कविरथ,,भूपेश चन्द्रवंशी, दिलीप कविरथ, रघु कविरथ, गोकुल कविरथ, मिसिल कविरथ र पर्शुराम कविरथको घरमा आगलागी भएको हो।११ परिवारका साना साना फुसका २५ वटा घर जलेका छन्। ‘ आगलागी सशस्त्र प्रहरी, जनपथ प्रहरी, गाउँलेसँगै इटहरी र इनरुवाबाट गएको बारुणयत्रन्त्रले राति ७.३० बजेतिर नियन्त्रणमा लिइएको थियो। त्यस्तै गरी हिजो साँझ आगलागी हुँदा झापाको गौरीगञ्ज गाउँपालिका–८ खजुरगाछीमा चार घर नष्ट भएका छन्। स्थानीय इन्दु सरदारका दुई, सिया शरण सरदार र हमुद्दिन मियाँका एक÷एक घर जलेको प्रहरीले जनाएको छ। साँझ केटाकेटीले चलाएको आगो फैलिँदा ती घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इञ्चार्ज निरीक्षक नारायण गौतमले बताए। आगलागीमा सात लाख रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान प्रहरीले गरेको छ, भने चार घरपरिवारका करिब २० सदस्य अलपत्र परेका छन्।
(No Comments)     April 10, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::