२४ घण्टामा एक सय ७५ वर्षसम्म टिक्ने घरको निर्माण

एउटा घर बनाउन सामान्यतया तिन चार महिना लाग्छ । तर यो अवस्था अब रुसमा रहेन ।सुन्दा अचम्म लाग्न छ । तर, वास्तविक हो । रुसमा २४ घण्टामा एउटा बलियो घर निर्माण भएको छ । यो घर मानिसले बनाएको भने होइन् । थ्रीडी पिण्टेडको सहायता बाट घरको निर्माण गरीएको हो । यो घर निर्माण गर्न करीब ११ लाख नेपाली रुपैंया लागेको छ । घर स्तरीय रहेको बताइएको छ । साथै यो घर एक सय ७५ वर्षसम्म टिकाउ हुने जानकारी दिइएको छ । अमेरीकाको सानफ्रान्सिस्कोमा रहेको एपिस कोर कम्पनिले उक्त घर निर्माण गरेको हो । निर्माण क्रममा सबै भन्दा बढि ढोका र झ्यालको लागि खर्च गरीएको बताइएको छ । घर निर्माण गर्न सिमेन्ट र कङ्क्रिटको मिश्रण लाई थ्रीडी प्रिण्टरको मसीको रुपमा प्रयोग गरीएको छ । यस घरमा सामान्य घरमा जस्तै सुविधा र विशेषता छन् । ३७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको यस घरमा पारिवारीक बसोवासका लागि उपयुक्त हुने बताइएको छ ।
(No Comments)     March 13, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::